मन्त्री भीमहाङ सुब्बाले गरे दुर्गा समाज घरको उदघाटन

IMG-20230109-WA0348.jpg

गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत याङथाङ समष्ठीको लोअर लिङचोम सल्ले दुर्गा समाजको समाज घर आज क्षेत्र विधायक एंव मन्त्री भीमहाङ सुब्बाले गरे।

कूल रकम १५ लाख रूपियाँको लागतमा निर्माणकार्य पूरा भएको यस समाज घरको उद्घाटनको अवसरमा जन स्वास्थ्य अभियान्त्रीकी विभागका अध्यक्ष हरि नारायण सुवेदी, जिल्ला पञ्चायत पुर्ण वीर लिम्बू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय यस दुर्गा समाजको स्थपना २६ जनवरी १९८९ मा भएको थियो।

स्थपनाकाल यता आजसम्म समाजलाई नेतृत्व दिएर अध्यक्षको रूपमा रहेका व्यक्तित्वलाई मुख्य अतिथिको वाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथि मन्त्री भीमहाङ सुब्बाले कोभिड महामारी २०११ को भुइचालो जस्तो नभएर यसले विश्वलाई नै चिन्तित बनाएको बताए। उनले लोअर लिङचोम सल्ले गाउँको २०१९ को चुनावमा बेग्लै योगदान रहेको अवगत गराए। यहाँको जनताले गर्दा आज आफू मन्त्रीको रूपमा यहा उपस्थित हुन पाएको बताए। यसै कारण सल्लले समाजलाइ पहिलो पुरस्कारको रूपमा साउण्ड सिस्टम प्रदान गरेको जनाए। आफ्नो समष्ठीको कुनै समाजलाई यति सहयोग अहिलेसम्म नगरेको जानकारी गराए।

समाज राम्रो भयो भने देश राज्य सकारात्मक बन्दछ यसैले समाजको सकारात्मक कार्यले गाउँमा विकास हुने मन्त्री सुब्बाले बताए। दुर्गा समाजले ठूलो उपलब्धि हासिल गरेको उनको भनाइ थियो। उनले वर्तमान सरकारले ग्रामीण क्षेत्रमा विभिन्न सहुलियत प्रदान गरेको किटान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *