बम्बे उच्च अदालतबाट चन्दा कोचर र दीपक कोचरलाई राहत

00-Chanda-Kochar-Deepak-Kochar

मुम्बई: बम्बे उच्च अदालतले सोमबार लोन फ्रड मामिलामा आईसीआईसीआई ब्याङ्कका पूर्व सीईओ चन्दा कोचर र उनका पति दीपक कोचरको जमानत स्वीकृत गरेको छ। अदालतले आदेश सुनाउॅंदै उनीहरूको पक्राउ कानून बमोजिम नभएको बताएको छ। अदालतको उक्त निर्णयपछि चन्दा कोचर र दीपक कोचरले ठूलो राहत पाएका छन्। चन्दा कोचर र उनका पति दीपक कोचरलाई सेण्ट्रल इन्भेस्टिगेशन ब्यूरो (सीबीआई) ले लोन फ्रड मामिलामा २३ दिसम्बरमा पक्राउ गरेको थियो। यसपछि, अदालतले दुवैलाई न्यायिक कस्टडीमा पठाएको थियो। चन्दा कोचर र उनका पतिको तर्फबाट वकील विक्रम चौधरीले सीबीआईको पक्राउलाई चुनौती दिएका थिए।

यस मामिलाको सुनवाई शुक्रबार न्यायाधीश रेवती मोहिते डेरे र न्यायाधीश राज चव्हाणको खण्डपीठ समक्ष भएको थियो। कोर्टले आदेश सुरक्षित राखेको थियो। अदालतले सोमबार यस मामिलामा आफ्नो निर्णय सुनाउॅंदै चन्दा कोचर र दीपक कोचरको जमानतलाई स्वीकृति प्रदान गर्दै सीबीआईको पक्राउ कानूनविरूद्ध रहेको बतायो। चन्दा कोचर र दीपक कोचरका वकिल विक्रम चौधरीले भने, ‘यस मामिलामा सीबीआईले १४ महिनामा १४ पल्ट स्टेटमेन्ट रेकर्ड गरेको थियो। यस कारण यस मामिलामा पक्राउको आवश्यकता थिएनl’ अदालतले कोचर दम्पतिलाई यस मामिलाका साक्षीहरूलाई प्रभावित नगर्ने निर्देश दिएको छ। सुनवाई अवधि सीबीआईका वकीलले कोचर दम्पतिमाथि जॉंचमा सहयोग नगरेको आरोप लगाएका थिएl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *