कोलकाता। कोलकाता पुलिसको एण्टी रावडी स्क्वाड (एआरएस)ले स्ट्रेन्ड रोडबाट ४३ लाख रुपियाँसहित तीन व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस जानकारीअनुसार, ४०/१ स्ट्रेन्ड रोडमा तीन जनालाई देखेपछि शंका उत्पन्न भयो र उनीहरूलाई पक्राउ गरियो। उनीहरूको झोलाबाट भारी मात्रामा नगद भेटियो। उनीहरूले यो रुपियाँ कहाँबाट ल्याएको हो भन्ने बताएका छैनन्। उनीहरूसँग यस सम्बन्धमा वैध दस्तावेज पनि थिएन, जसपछि उनीहरूलाई पक्राउ गरियो। पुलिसले पक्रा पर्ने व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ।
About Author
Post Views: 164