‘आज संसारले भारतलाई सुनिरहेको छ: प्रधानमन्त्री नरेन्द्र मोदी

प्रधानमन्त्री नरेन्द्र मोदी l फाइल फोटो

इन्दौर: ‘आज संसारले भारतलाई सुनिरहेको छ। भारतसॅंग सक्षम युवाहरूको ठूलो संख्या छ। हाम्रा युवाहरूसॅंग स्किल पनि छ, वेल्यू पनि छ र काम गर्नका लागि आवश्यक भावना र इमानदारी पनि छ। भारतसॅंग आज स्किल क्यापिटल बन्ने सामर्थ्य छ। भारतको यो स्किल संसारकै विकासको इन्जिन बन्न सक्छ’, प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार इन्दौरमा १७औं प्रवासी भारतीय सम्मेलनलाई सम्बोधित गर्दै उक्त कुरा भनेका हुन्। उनले प्रवासी भारतीयहरूलाई सम्बोधित गर्दै भने, ‘तपाईहरू सबैलाई २०२३ को मंगलकामना। चार वर्षपछि यो सम्मेलन एकपल्ट आफ्नो मूल स्वरूप र भव्यताका साथ भइरहेको छ। आफ्नाहरूसॅंग प्रत्यक्ष भेटघाट, कुराकानीको छुट्टै आनन्द र महत्व हुन्छ। एमपीमा माता नर्मदाको जल, जंगल, आदिवासी परम्परा यहॉं धेरै छन् जसले तपाईहरूको यात्रालाई अविस्मरणीय बनाइदिनेछ। उज्जैनमा पनि भव्य महाकाल लोकको विस्तार भएको छ। तपाईहरू सबै त्यहॉं जानुहोस् र महाकालको आशीर्वाछ लिनुहोस्।’

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा इन्दौरको खुलेर प्रशंसा गरे। उनले भने, ‘इन्दौर संसारमै उत्कृष्ट छ। मानिसहरू भन्ने गर्छन्, इन्दौर एउटा शहर हो, तर म भन्छु इन्दौर एउटा चरण हो जो समयभन्दा अगाडि हिड्छ। इन्दौरलाई स्वच्छताका साथै स्वादको राजधानी पनि भन्ने गरिन्छ।’ प्रधानमन्त्रीले भने, ‘प्रवासी भारतीयहरूलाई जब हामी ग्लोबल म्यापमा हेर्छौ, एकसाथ धेरै चित्रहरू अगाडि आउॅंछन्। संसारका विभिन्न देशहरूमा जब भारतका मानिसहरू कमन फ्याक्टर सरह देखिन्छन्, तब ‘वसुधैव कुटुंबकम’ को भावनाको साक्षात दर्शन हुन्छ।’ उनले भने, ‘वैश्विक मंचमा आज भारतको आवाज, भारतको सन्देश, भारतले भनेका कुराहरूको भिन्नै महत्व छ। भारतको यो बढ्दो शक्ति आगामी दिनहरूमा अझ बढ्नेछ। यो वर्ष भारतले संसारकै जी-२० समूहको अध्यक्षता गरिरहेको छ। भारतले यो जिम्मेवारीलाई ठूलो अवसरको रूपमा हेरिरहेको छ। हाम्रो निम्ति यो संसारलाई भारतको विषयमा बताउने अवसर हो। हामीले जी-२० केवल एउटा डिप्लोमेटिक इभेन्ट होइन, तर जन-भागीदारीको एउटा ऐतिहासिक अयोजन बनाउनु पर्छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *