आईआईएमसी पूर्वोत्तर क्षेत्रीय क्याम्पसमा सिक्किमेली पत्रकारहरूको पाँचदिने तालिम आरम्भ

IMG-20230109-WA0345.jpg

आईजोल: सिक्किम राज्यका पत्रकारहरूलाई लिएर राज्य सरकारको पहलमा पहिलोपटक मिजोरमको राजधानी ऐजोलमा आयोजित पाँच दिवसीय पत्रकारिता अनि जनसञ्चार विषयबारे तालिम आजदेखि शुरु भयो। मिजोरमका एकमात्र लोकसभा सांसद सी. लालरोङसाङघाको मुख्य आतिथ्यमा मिजोरम विश्वविद्यालयमा रहेको इण्डियन इन्स्टिच्युट अफ् मास कम्युनिकेशन पूर्वोत्तर क्षेत्रीय क्याम्पसमा आयोजित यस कार्यक्रमको शुभारम्भ गरियो। यस पाँचदिने तालिम कार्यक्रममा सिक्किम राज्यका १५ जना पत्रकार अनि सूचना एवं जनसम्पर्क विभागका पाँचजना अधिकारीहरूको सहभागिता रहेको छ।

पाँचदिने यस तालिम अवधि पूर्वोत्तर क्षेत्रमा पत्रकारितामा रहेको चुनौतीबारे आयोजित पहिलो दिनको कार्यक्रममा मुख्य वक्ताको रूपमा आईआईएमसी ऐजोलका क्षेत्रीय निदेशक एल.आर. साइलो रहेका थिए। कार्यक्रममा तालिममा गएका पत्रकारहरूले पूर्वोत्तरसँग सम्बन्धित विविध जिज्ञासाहरू राखे, जसबारे शोधवक्ताको रूपमा रहेका क्षेत्रीय निदेशक साइलोसँगै ऐजोलका वरिष्ठ पत्रकारहरूले यसबारे आफूहरूको अनुभव साझा गरे। योसँगै अन्य चार दिन पत्रकारितासँग सम्बन्धित विविध विषयबारे विशेषज्ञहरूद्वारा आफ्नो अनुभव साझा गरिनेछ भने यस अवधि अन्तर्क्रियाको कार्यक्रम पनि रहनेछ।

पहिलो दिन कार्यक्रमको मुख्य अतिथि एवं मिजोरमका लोकसभा सांसद सी. लालरोङ्गाले आफ्नो संक्षिप्त सम्बोधनमा मिजोरम अनि सिक्किमाझ धेरै कुरा सामान्य रहेको उल्लेख गरे। राजनीतिमा आउनअघि पत्रकारितामा संलग्न रहेका सांसद लालरोङसाङघाले वर्तमान स्थितिमा प्राविधिसँगै पत्रकारहरूले आफैलाई अपडेट राख्न आवश्यक रहेको विचार पोखे। वर्तमान परिप्रेक्ष्यमा सोशल मीडियामाझ भोग्नुपरिरहेको गलत समाचारको प्रचार जस्ता धेरै चुनौतीहरू रहेकोबारे विचार पोख्दै आफूसमक्ष आएको सूचनालाई उचित छानबीन गरेर सत्य अनि ठोस कुरा जनतासामु राख्नु पत्रकारहरूको धर्म रहेको बताए। २०११-मा स्थापित इण्डियन इन्स्टिच्युट अफ् मास कम्युनिकेशनको पूर्वोत्तर क्षेत्रीय क्याम्पसमा यसरी पहिलोपटक कुनै अन्य राज्य सरकारले पत्रकारहरूलाई तालिमको निम्ति पठाएको उल्लेख गर्दै यस्तो सराहनीय पहलको निम्ति सिक्किम सरकारप्रति कृतज्ञता व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *