कोलकाता। यसपाली सरस्पती पूजा २६ जनवरीको दिन नै परेको छ। पश्चिम बंगाल सरकारले सरस्वती पूजाको निम्ति एक दिनको अतिरिक्त अवकाशको घोषणा गरेको छ।प्रत्येक वर्ष सरस्वती पूजाको निम्ति छुट्टीको सूचीमा एक दिन तय गरिन्छ। तर, गणतन्त्र दिवसकै दिन सरस्वती पूजा परेकाले यो वर्ष सार्वजनिक अवकाश थिएन। यद्यपि, सरस्वती पूजाको अवसरमा राज्य सरकारले २७ जनवरीलाई अतिरिक्त अवकाश दिएको छ। राज्य सरकारको यो घोषणापछि राजनीतिक क्षेत्रमा चर्चाको माहोल पनि बनेको छ। राज्य सरकार छुट्टीलाई लिएर कुनै प्रकारको विवादमा पर्न चाहँदैन, यस कारण अतिरिक्त छुट्टी घोषणा गरेको हो।