कोलकाता: कस्टम विभागले सोमबार कोलकाता हवाइअड्डामा ठूलो सफलता हासिल गरेको छ। बैंकक जाने सामानको खोजीका क्रममा कोलकाता हवाइअड्डामा कस्टम अधिकारीले गुटखाका प्याकेटबाट ४० हजार अमेरिकी डलर बरामद गरेका छन्। विभागले घटनाको भिडियो पनि सार्वजनिक गरेको छ। भिडियोमा कस्टमका अधिकारीहरूले गुटखाको प्याकेट खोल्दा अमेरिकी डलर निस्किरहेको देख्न सकिन्छ। गुटखाको प्याकेटबाट अमेरिकी डलर पाएपछि त्यहाँका मानिसहरु पनि छक्क परे।
Acting on intelligence #AIUofficers intercepted a pax scheduled to depart to Bangkok on 08.01.23 after immigration formalities. Search of his checked-in baggage resulted in recovery of US $40O00 (worth ₹3278000) concealed inside Gutkha pouches @cbic_india @PIBKolkata @DDBanglaTV pic.twitter.com/DpxSCL5S3w
— Kolkata Customs (@kolkata_customs) January 9, 2023
कस्टम विभागले ट्वीट गर्दै बैंकक जाँदै गरेको यात्रुलाई गत दिन कोलकाता हवाइअड्डामा रोकिएको जानकारी दिएको छ। उक्त व्यक्तिलाई रोकेर खोजी गर्दा गुटखाको पाउच फेला परेको थियो। यो प्याकेट खोल्दा त्यसमा अमेरिकी डलर भेटियो। यो घटनाको भिडियो अहिले तीब्र रुपमा भाइरल भइरहेको छ। उक्त व्यक्तिको साथबाट ३२ लाखभन्दा बढी अमेरिकी डलर बरामद भएको पुलिसले जनाएको छ। मिडिया रिपोर्टका अनुसार कोलकाता हवाइअड्डा स्रोतले उक्त व्यक्तिले गुटखाको प्याकेटमा ४० हजार अमेरिकी डलर लुकाएर राखेको बताएको छ। पुलिसले अनुसन्धान गर्दा त्यहाँ उपस्थित मानिसहरु पनि छक्क परे। ती व्यक्तिको कुनै अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्ध छ वा छैन भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ। यसैबीच अभियुक्तसित पनि सोधपुछ भइरहेको समाचार छ।