एसकेएम पार्टीको मुख होइन काम बोल्छ भन्ने नारालाई मुख्यमन्त्रीले सार्थक बनाएः सीपी शर्मा

SKM-party.jpg

गान्तोक। “मुख होइन काम बोल्छ” मुख्यमन्त्रीको कार्य यसको प्रमाण हुनु हो भनी सत्तारूढ़ एसकेएम पार्टीका प्रवक्ता सीपी शर्माले बताएका छन्। सिक्किममा परिवर्तनको नारा लिएर आएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको मुख होइन काम बोल्छ भन्ने नारालाई मुख्यमन्त्री पीएस तामाङले सार्थक बनाएको कुरा विज्ञप्तिमा जनाएका छन्। उनले भनेका छन्, पीएस गोलेको नेतृत्वमा सञ्चालित वर्तमान सिक्किम सरकार आज यो घडी जनताको घर आँगनमा पुगेर जनतासित सोझो संवाद गर्न सफल बन्न पुगेको छ। जनताको दु:ख, पीडा बुझ्न् आज मुख्यमन्त्री जुन अनवरत जनता भेट्ने कार्यमा लागेका छन्, त्यो जनता प्रतिको माया र स्नेहको प्रत्यक्ष प्रमाण मान्नु पर्छ भनी प्रवक्ता शर्माले बताएका छन्। बितेको ८ जनवरीको दिन पूर्व सिक्किमको रिनाक क्षेत्रको रोडाथाङमा लगातार बीस घण्टा जनतासित सोझो सम्पर्कमा रहेर एक-एक जनता भेटेर मुख्यमन्त्रीले नयाँ कीर्तिमान स्थापित गरेको पनि उनले दाबी गरेका छन्।
उनले पूर्व सरकारकालमा कहिल्यै मुख्यमन्त्रीले जनताको मर्म बुझ्न यसरी घर दैलोमा पुगेर अहोरात्र खटेको इतिहास छैन भनी बताएका छन्। उनले भनेका छन्, वर्तमान सरकार विपक्षको मिथ्या आरोप र अनर्गल अलापको पछि नलागेर जनताको दुःख बुझ्न लागिपरेको छ। आज ती तमाम रोगी, वृद्ध र वृद्दाहरुले मुख्यमन्त्रीलाई त्यसरी भेट्दा दिएको आशीर्वाद नै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको यो छोटो समयमा प्राप्त सफलता मान्नुपर्छ।

उनले अझ भनेका छन्, सत्ताको लोभ र लालचमा वर्तमान सरकारलाई गाली गर्न एकातिर समय नष्ट गरिरहेका विपक्षीहरु एक धुइरो लागे पनि सत्तारूढ़ पार्टी भने जनताको दर्द मेट्न जनताको घर दैलोमा पुगेर समस्या समाधानमा लागेको छ। एसकेएम पार्टीको सरकार जन कल्याणकारी कार्यमा जुटेको छ र जुटिरहने छ। वर्तमान एसकेएम पार्टीको सरकार सपना होइन विपना दिन आएको छ वर्तमान सरकार युवा भाइबहिनीको समस्या बुझ्न र समाधान गर्न आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement