गान्तोक। विद्यार्थी र उनीहरूका अभिभावकहरूसँग मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमवार आफ्नो सरकारी आवास मिन्तोकगाङमा भेट गरे। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएका छन्। उनले विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसँग भेट गरेर अन्तरक्रिया गरे उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य प्राप्त गर्न निरन्तर अगाडि बढिरहन आह्वान गरे। उनले विद्यार्थीहरूलाई सहायता पनि प्रदान गरे। यसै क्रममा मुख्यमन्त्रीले आज रिनाक समष्टिका महेन्द्र घिमिरे, सुरेश तामाङ र ए. तामाङसँग पनि भेट गरे। उनीहरूको आजीविका सुधारका लागि सहायता प्रदान गरेको मुख्यमन्त्रीले जानकारी गराएका छन्। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङले आइतवार रिनाक समष्टिका जनतासँग रोड़ाथाङमा भेट गरेका थिए। उनी लगभग २० घण्टा जनतासँग भेट गरेर सोमवार बिहान गान्तोक फर्किए। गान्तोक फर्किएर पनि उनले मिन्तोकगाङमा जनतासँग भेट गरेका छन्।