एफसी बार्सिलोनाले असाधारण जीतको साथ स्पेनिश ला लीगा फूटबलमा शीर्ष स्थान हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले चीरप्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई १-०-ले पराजित गऱ्यो। एट्लेटिको म्याड्रिडको होम ग्राउण्ड मेट्रोपोलिटानो स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनालाई औस्माने डेम्बेलेले शुरुमै बढ़त दिलाए। उनले म्याचको २२औं मिनटमा गोल गरे। त्यसपछि दुई टीमबीच रोचक प्रतिस्पर्धा भए पनि थप गोल हुन सकेन। यसबीच म्याच सकिन अघि स्टपेज टाइमको खेलमा फूटबल छोड़ेर एकार्कासँग लड़ाइँ गर्ने एट्लेटिको म्याड्रिडका स्टेफान साविच र बार्सिलोनाका फेरान टोरेसलाई रातो कार्ड देखाइयो। यस जीतको साथै बार्सिलोनाले रियल म्याड्रिडलाई पछि छोड़्दै ला लीगा टेबलमा शीर्ष स्थान
हासिल गऱ्यो। बार्सिलोनासँग अहिले १६ वटा म्याचमा ४१ पोइण्ट रहेको छ। यसरी नै रियल म्याड्रिड ३८ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। पाँचौं स्थानमा रहने एट्लेटिको म्याड्रिडसँग २७ पोइण्ट रहेको छ।