पहाडमा गणतन्त्र हनन् भएको छ: चन्दन परियार

00-IMG_20230109_184120

दार्जीलिङ: ‘दुई चारजना व्यक्तिहरूको कारणले समग्र गोर्खाहरू लज्जित हुन परेको छ’, क्यापिटल हलको परिसरमा भइरहेको गोर्खा स्वाभिमानको कार्यक्रममा चन्दन परियारले यसको भनेका हुन्। गोर्खा स्वाभिमान संघर्षले केही दिनदेखि निरन्तर कार्यक्रम आयोजना गर्दै आइरहेको छ। आज कालेबुङबाट चन्दन परियारलगायत अन्यहरूले यस कार्यक्रममा भाग लिएका थिए। चन्दन परियारले भने, ‘गोर्खा स्वाभिमान मंचले समग्र गोर्खाहरूको स्वाभिमान फर्काई ल्याउने काम गर्नेछ। पहाडमा गणतन्त्र हनन् भएको छl यो मंचले गणतन्त्रप्रेमीहरूलाई एकवद्ध बनाएर गणतन्त्र पुनर्बहाली गर्ने काम गर्नेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement