कालचिनी – गत ६ जनवरीको दिनदेखि शुरु भएको छैठौँ बक्सा बर्ड फेस्टिभलको आज समापन भयो। बक्साको ६ वटा ट्रेकिङ रुट मार्फत शुरु भएको बर्ड वाचिङमा जम्मा २२ जना फोटोग्राफरहरूले तीन दिनमा २५९ वटा प्रजातिको चराहरू क्यामेरामा कैद गर्न सफल भएको पीसीसीएफ सीडब्ल्यूएलडब्ल्यू देबल दत्ताले बताए। आज बर्ड फेस्टिभलको समापन समारोहमा पीसीसीएफ सीडब्ल्यूएलडब्ल्यू देबल दत्ता लगायत बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरोक्टर अपूर्व सेन, हिमालयन नेचर एन्ड एडभेन्चर फाउन्डेशनका अनिमेष बसु बन अधिकर्ता एडब्लूएलडब्ल्यू राजेन्द्र जाखड़ एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
चरा चुरंगीहरूको निम्ति बक्सा अहिले पनि स्वर्ग नै रहेको र यहाँको ४५० भन्दा अधिक चरा चुरंगीहरूको प्रजातिमध्ये २५९ वटा प्रजातिको चराहरू रेकर्ड गर्न सकिएको र पहिलाको तुलनामा अधिक रेकर्ड भएको पीसीसीएफ सीडब्ल्यूएलडब्ल्यू देबल दत्ताले बताएका छन्।
समापन समारोहको अन्त बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरोक्टर अपूर्व सेनले धन्यवाद ज्ञापन गरेपछि सहभागी सबै बर्ड फेस्टिभलको फोटोग्राफरहरू आ-आफ्नो गन्तव्यमा प्रस्थान गरेको थियो। बर्ड फेस्टिभलको पथ प्रदर्शक अनिमेष बसुले आफू प्रथम बक्सा बर्ड फेस्टिभलदेखि सहभागी रहेको र अहिले छैठौँ बक्सा बर्ड फेस्टिभलमा पनि सहभागी रहेको र यो केवल शिविरमा आएर मजा गर्नु मात्र नभएर यसले नयाँ प्रजातिको चराको अन्वेषण साथै बक्साको इकोतन्त्रको परितय बनेको र आगामी बर्ष अझै राम्रो हुने आशा राखिएको जनाएका छन्।