शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टः कञ्चनजंघा एफसी क्वार्टर फाइनलमा

photocollage_202319194246468.jpg

युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा आयोजित शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। डीपी साइड मैदानमा आज भएको म्याचमा कञ्चनजंघा एफसी-ले ईष्ट दार्जीलिङलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिश राई, अरुण तामाङ र सोनम लेप्चाले १-१ गोल गरे। अरुण तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १४ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २० र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement