लामा गाउँ गोल्ड कपः युनाइटेड दार्जीलिङ क्वार्टर फाइनलमा

IMG_20230109_193440.jpg

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा युनाइटेड दार्जीलिङले क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार खेलिएको म्याचमा युनाइटेड दार्जीलिङले झापा (नेपाल) एकादशलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयमा युनाइटेड दार्जीलिङबाट आशिष राई, मिलन राई र शिव राउतले गोल गरे। यसरी नै झापा एकादशबाट बिकास थुलुंग, गिल्सन लिम्बु र आशिष चापागाईंले गोल गरे। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement