काशी पशुपति वृद्धाश्रममा विद्यार्थीद्वारा सेवा

00-Banaras-1

वाराणसी (उत्तर प्रदेश): सर्वविधाको राजधानी काशीनगरीमा पढ्नु भनेको उपाधि लिएर निस्कनु मात्र नभई मानवता र सदाचारलाई व्यवहारमा ल्याउनु पनि हो भन्ने दृष्टान्त वर्षौँदेखि काशी पढ्ने विद्यार्थीहरूले दिइआएका छन्। सम्पूर्ण उत्तर भारत शीतलहरको प्रकोपमा रहेको र न्यूनतम तापमान ४ डिग्री मात्र रहेको वाराणसीपुरीको पशुपति मन्दिर वृद्धाश्रममा बस्ने बजै-बाजेहरूका संकष्टमा सहानुभूति राख्ने काशी हिन्दू विश्वविद्यालयका विद्यार्थीहरूले एक दिने सेवा कार्यक्रम गरे।

आइतबार बिहानै पुगेर सबै कोठा सफा गर्ने, चाहिने-नचाहिने राख्ने-अफाल्ने काम गरेपछि सबै कोठामा नयाँ गुन्द्री ओछ्याइदिए।

उनीहरूले वृद्ध-वृद्धाजन र आश्रमकुमारहरूसहित अतिथिहरूका लागि मुमा भण्डारा पनि आयोजन गरेका थिए। बेलुकी मन्दिर धर्मशाला र वृद्धाश्रम प्रबन्धक रोहित ढकालले विद्यार्थीहरूलाई आफ्नो नाउमा चढाएर गङ्गापारि नवनिर्मित टेन्ट सिटी घुमाउन लगे। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement