एसजेडीए-को आधिकारिक वेबसाइटको उद्घाटन

IMG_20230109_183647.jpg

सिलगढी: सिलगढी जलपाईगढी विकास बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीले एसजेडीएको आधिकारिक वेबसाइटको उद्घाटन गरे। नयाँ वेबसाइटमा ई–पेमेन्ट सुविधा लगायतका धेरै सुविधा हुनेछन्। अब आम जनतालाई कुनै पनि कामको लागि सिलगढी जलपाइगढी विकास बोर्डको कार्यालयमा आउन नपर्ने, जनताले अब अनलाइन माध्यमबाट आवश्यक काम गर्न सक्नेछन्।

यसका साथै आम जनताले एसजेडीएले भइरहेका विकास कार्यको बारेमा वेबसाइटबाट जानकारी लिन सक्नेछन्। एसजेडीए अध्यक्षले सोमबार एसजेडीए पदाधिकारीहरूको उपस्थितिमा यो नयाँ आधिकारिक वेबसाइटको उद्घाटन गर्नुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement