सिलगढी: “भारत जोडो” यात्रा २१ जनवरीमा सिलगढी डिभिजनको विधाननगर मुरलिगाच क्षेत्रमा पुग्नेछ। त्यहाँबाट २२ गते फणसीदेवा, बागडोगरा हुँदै सिलगढी मुख्य सडक परिक्रमा गर्नेछ। त्यसपछि माघ २३ गते प्रदेश अध्यक्ष तथा सांसद अधीर रञ्जन चौधरीको नेतृत्वमा दगापुर मैदानबाट खरसाङ प्रस्थान गर्नेछ। यो यात्रा आयोजना गरिनेछ। दार्जिलिङ जिल्ला कङ्ग्रेस अध्यक्ष शंकर मालाकारले सोमबार दार्जीलिङ जिल्ला राष्ट्रिय कङ्ग्रेस कार्यालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्।









