मालदा: परीक्षा दिन जाँदै गरेको एक कलेज विद्यार्थीको निजी बसको ठक्करबाट मृत्यु भएको छ। जबकि कलेजका अर्का एक विद्यार्थी गम्भीर घाइते भएका छन्। घटना सोमबार दिउँसो मालदाको चञ्चल थानाको गोविन्द पाडा क्षेत्रमा राष्ट्रिय राजमार्ग नम्बर ८१ मा भएको हो। दुर्घटनामा घाइते छात्राको अवस्था गम्भीर भएकाले उनलाई मालदा मेडिकल कलेज र अस्पतालमा रिफर गरिएको छ। घटनालाई लिएर आक्रोशित स्थानीयले राष्ट्रिय राजमार्ग ८१ अवरुद्ध गरेका छन्। प्रहरी र स्थानीय स्रोतअनुसार मृत्यु हुने विद्यार्थीको नाम शमीम मिनारा परवीन (२१) र घाइते विद्यार्थीको नाम मुस्कान आरजु (२१) रहेको छ।









