युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा मिरिक भिक्ट्री एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा सोमवार भएको म्याचमा मिरिक भिक्ट्री एफसी-ले बुङकुलुङ एफसी-लाई २-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।