सिलगढी: राज्य स्वास्थ्य विभाग र सिलगढी नगर निगमको पहलमा सोमबारदेखि दादुरा-रुबेला खोप कार्यक्रम सुरु भएको छ। दादुरा रुबेला भाइरस विरुद्धको खोप शिविर सोमबार बिहान सिलगढी ब्वाइज हाई स्कूलमा सुरु भयो। शिविर राज्य सरकार र सिलगढी नगर निगमले आयोजना गरेको थियो। शिविर सोमबार दिउँसो ४ बजेसम्म चलेको थियो। यस दिन लगभग २ सय विद्यार्थीलाई खोप लगाइएको थियो। यो खोप ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दिइने बताइएको छ। सिलगढीका मेयर गौतम देव, नगरपालिका आयुक्त सोनम वाङ्दी भुटिया र अन्यले आज शिविरको भ्रमण गरे।