अलिपुरद्वार: सोमबारदेखि राज्यका हरेक विद्यालयमा दादुरा रुबेला खोप सुरु भएको छ। अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकका ५२ प्राथमिक विद्यालयमा आज १५ वर्षसम्मका विद्यार्थीहरूलाई दादुरा-रुबेला खोप लगाइँदैछ। कालचिनी ब्लक हेल्थ अफिसर डा. सुभाषकुमार कर्माकरले ९ देखि १५ वर्षसम्मका प्रत्येक बालबालिकालाई दादुरा रुबेला खोप लगाउने बताए।










