चोट लिएर पनि एडीलेड इण्टरनेशनलको खिताब जिते नोवाक जोकोविचले

IMG_20230109_154417.jpg

चोटको साथ पनि नोवाक जोकोविचले असाधारण प्रदर्शन गर्दै अमेरिकाका गैर वरीयता प्राप्त खेलाड़ी सेबेस्टियन कोरडालाई ६-७, ७-६, ६-४-ले पराजित गरी एडीलेड इण्टरनेशनल टेनिस टुर्नामेण्टको खिताब जिते। जोकोविचलाई दानिल मेदवेदेव विरुद्ध सेमिफाइनल म्याचको अवधि चोट लागेको थियो। यति सब भएर पनि उनले तीन घण्टाभन्दा अधिक समयसम्म चलेको म्याराथन फाइनल खेले अनि करियरको ९२औं एकल खिताब जिते। एडीलेडमा यो उनको दोस्रो खिताब हो। यसअघि उनले २००७-मा १९ वर्षको उमेरमा खिताब जितेका थिए। यसअघि महिला एकल वर्गमा दोस्रो वरीयता प्राप्त आर्यना सबालेंकाले क्वालीफायर लिण्डा नोसकोवालाई सीधा सेटमा पराजित गरी आफ्नो ११औं डब्ल्यूटीए टूर एकल अनि लगभग दुई सालमा पहिलो एकल खिताब जितिन्।

सबालेंकाले डब्ल्यूटीए स्तरमा पहिलोपल्ट फाइनलमा स्थान बनाउने क्रममा तेस्रो वरीयता प्राप्त दारिया कसात्किना र पूर्व अष्ट्रेलियन ओपन च्याम्पियन भिक्टोरिया अजारेंकालाई पराजित गर्ने १८ वर्षीय नोसकोवालाई ६-२, ७-६-ले पराजित गरिन्। एडीलेडमा खिताबी जीतको गोरेटोमा सबालेंकाले एउटा सेट पनि गुमाइनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement