भारतीय क्रिकेट टीमका अनुभवी पेस बलर जसप्रीत बुमराहलाई मैदानमा ओर्लिनको निम्ति अझ केही दिन प्रतीक्षा गर्नु पर्ने भएको छ। वास्तवमा बुमराह श्रीलंका विरुद्ध तीनवटा म्याचको आउँदो टेस्ट सीरीजबाट बाहिर भएका छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले उनलाई क्रिकेटको मैदानमा ओर्लिन हतार नगर्ने आह्वान गरेको छ। बुमराह हालै चोटमुक्त भएर अभ्यासमा फर्किएका छन्। यसैकारण बीसीसीआई उनलाई लिएर कुनै जखिम उठाउन चाहँदैन। यसअघि अखिल भारतीय चयन समितिको सिफारिशमा बुमराहलाई वनडे टीममा सामेल गरिएको थियो तर २९ वर्षीय बलरले भारत र श्रीलंकाबीच खेलिने पहिलो वनडे म्याचको निम्ति गुवाहटीमा रिपोर्ट गरेनन्। बुमराहले पहिला राष्ट्रिय क्रिकेट एकाडमी (एमसीए)-मा प्रशिक्षण लिइरहेका थिए अनि उनलाई फिट पनि घोषित गरिएको थियो। यसबीच बोर्ड चाहिँ उनलाई अझ केही दिन आराम दिन चाहन्छ। अष्ट्रेलिया विरुद्ध खेलिने आउँदो बोर्डर-गावस्कर टेस्ट सीरीजको निम्ति बीसीसीआई आफ्ना प्रमुख पेस बलरलाई फिट राख्न चाहन्छ। बुमराह म्याच विजेता खेलाड़ी हुन् अनि यस साल आईसीसी वनडे वर्ल्ड कप पनि रहेको छ। यसैकारण बुमराहलाई हतारमा खेलाउने जोखिम बोर्डले लिन चाहेको छैन। बुमराहको अनुपस्थितिमा टीम इण्डियाले भुवनेश्वर कुमार र मोहम्मद शमीको अनुभवले काम चलाउनु पर्नेछ।
उल्लेखनीय छ, अहमदाबादमा जन्मिएका पेस बलर बुमराह गत केही समयदेखि प्रतिस्पर्धी क्रिकेटदेखि टाढ़ा रहेका छन्। उनले गत वर्ष एशिया कप र टी२० वर्ल्ड कप खेल्न सकेनन्। भारतीय टीमले उनको अनुपस्थितिको परिणाम भोग्नु पऱ्यो अनि रोहित शर्माको कप्तानीमा रहने टीमले कुनै ठूलो ट्रफी जित्न सकेन। बुमराहले वनडे सीरीज खेल्न नसके पनि कप्तान रोहित शर्मा, विराट कोहली, केएल राहुल र श्रेयस अय्यर जस्ता सीनियर खेलाड़ीहरू पहिलो वनडेको निम्ति टीममा हुनेछन्। यी सबैलाई मंगलवार प्रथम एकादशमा देखिने सम्भावना छ। भारत र श्रीलंकाबीच पहिलो वनडे मंगलवार गुवाहटीमा खेलिनेछ। त्यसपछि दोस्रो वनडे १२ जनवरी (काेलकत्ता) र तेस्रो वनडे १५ जनवरी (तिरुवनन्तपुरम)-मा खेलिनेछ।