आरिया डिजिटल अडियो भिडियो युट्यूब च्यानलबारे सचेतना सभा सम्पन्न

00-IMG-20230109-WA0169

सिलगढी: सिलगढी स्थित देवकोटा संघमा आरिया डिजिटल अडियो भिडियो युट्यूब च्यानलबारे आइतबार सचेतना  सभा सम्पन्न भयो। यसअघि सिक्किम, कालेबुङ, दार्जीलिङ र  खरसाङमा  यस आरिया डिजिटल  बारे  सचेतना सभा भएको थियो।  यस सभालाई  गीतकार पुरण गिरी र सङ्गीतकार  दिवस गुरुङले आयोजना गरेका थिए।  सभामा सङ्गीतकार कर्म योञ्जन, सङ्गीतकार शान्ती ठटाल, गायिका निलामणी थापा, सङ्गीतकार बसन्त छेत्री, सङ्गीत संयोजक महेश्वर लामा, दुर्गा खरेल, सङ्गीतकार पीटी योल्मो,  गायक समीर सिंह आदि उपस्थित।  संस्थाका संस्थापक अमर योञ्जनले आरिया डिजिटल अडियो भिडियो युट्यूब च्यानल खोलिनु पर्ने औचत्यबारे प्रकाश पारे। अमर योञ्जनले  वर्तमान  कलाकारहरुले भोग्न परेका समस्या अनि  उचित मञ्च  नपाएको बारेमा चर्चा गरियो।  अब सबै कलाकारहरु  आरिया डिजिटलसँग आबद्ध भएर अघि बढ्ने  आग्रह गरे। संस्थाका ट्रष्टी अजय राईले विभिन्न ठाउँमा सभा भइरहेको जानकारी गराए अनि कलाकारलाई एक भएर परिवारको सूत्रमा बाँधिएर अघि बढ्ने आग्रह गरे।  किरण छेत्रीले पनि संस्थाको  कतिपय तकनिकी विषयमा चर्चा गरे। यो युट्यूब च्यानलले के कस्तो काम गर्नेछ अनि कलाकारले के कस्तो फाइदा पाउनेछ भन्ने बारेमा सबै कलाकारहरुलाई अवगत गराए। सभालाई गीतकार विपिन स्याङदेनले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement