‘जुनेली रात’ म्युजिक भिडियो नेपाली संसारलाई रञ्‍जित प्रधानको उपहार     

00-Juneli-Raat-1

मिरिक: मिरिक क्षेत्रको नोल डाडालाई गीत-सङ्गीतको फाटमा गीतकार एवं सङ्गीतकार रञ्‍जित प्रधानले उत्कृष्ट परिचय प्रदान गरेका छन्l रञ्‍जित प्रधानले नेपाली संसारलाई उपहारस्वरूप आफ्नो पहिलो म्युजिक भिडियो एल्बम ‘जुनेली रात’ सुम्पिएका छन्l उनको यो एल्बम आज (सोमबार ९ जनवरी) मिरिकको एउटा होटलको प्रेक्षगृहमा भव्य कार्यक्रमबीच लोकार्पण गरियोl सुपरिचित लेखक, कवि एवं समालोचक अरुण चन्द्र कुलुङको अध्यक्षतामा अनि नेपाली सङ्गीत संसारका सुपरिचित सङ्गीतकार पवन नामदुङ मुख्य अतिथिको रुपमा उपस्थित थिए। केसाङ लामा र संजिव तामाङद्वारा संचालित लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कवि कमला तामा , मिरिकका उप-महकुमा शासक मृदुल श्रीमोनी, साहित्यकार राजबहादुर राई, सुपरिचित गायक जितेन लेप्चालगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

मिरिकलगायत नागरी-धजे, दार्जीलिङ, नोल डाँडा, पानीघट्टा, तराई क्षेत्रका सङ्गीतकर्मीहरू, सङ्गीतप्रेमीहरूको बाक्लो जमघट रहेको थियोl लोकार्पण कार्यक्रममा जितेन लेप्चा, भजन गायक अनिल प्रधानले उत्कृष्ट गीत प्रस्तुत गरेl लोकार्पित एक्ल्बम ‘जुनेली रात’ गीतका गीतकार रञ्‍जित प्रधानको संक्षिप्त जीवनी पूर्णसिंह राईले प्रस्तुत गरे। सङ्गीतको २५ वर्षको लामो यात्राको क्रममा आफूले नेपाली संसारका लोकप्रिय गायिका मेलिना राईको स्वरमा ‘जुनेली रात’ म्युजिक भिडियो दर्शक-श्रोताका अघि प्रस्तुत गर्न पाउँदा धेरै खुशी लागेको बताएl ‘जुनेली रात’ म्युजिक भिडियोलाई सुनेर हेरेर स्वस्थ सुझावसहित मुल्यांकन गरिदिने उनले आग्रह गरेका छन्। उनले यस म्युजिक भिडियो एल्बमलाई सफल तुल्याउन सहयोग पुर्याउने सम्पूर्ण मित्रहरू लगायत आफ्ना अग्रजहरूप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement