अबैघ निर्माणहरूले जोशी मठको जमीन चर्किन्दैछ!?

1611605063_26nbledwards_2.jpg

दार्जीलिङमा यस्तो स्थिति नआवोस भनेर हामीले अबैघ निर्माणहरूको विरोध गरेका हौ: अजय एडवार्डस

दार्जीलिङ: ‘जोशी मठको जस्तो स्थिति दार्जीलिङमा नआवोस भन्ने हेतूले हामी अबैघ निर्माण हरूको विरोध गरेका हौ’ यो भनाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस को हो। उतराखण्ड राज्यको जोशी मठमा जमीनहरू चर्किन्दै गई रहेको छ, जसको कारणले गर्दा स्थानीय गाउँबासीहरू पलायन हुन पर्दैछ। जोशी मठको जमीनहरू यसरी चर्किनको मुख्यकारण अबैघ निर्माणहरू बताएका छन। हाम्रो पार्टीले आफ्नो गठनकाल देखि अबैघ निर्माणहरूको विरोध जनाउँदै आएको हो। गत दार्जीलिङ नगरपालिकाको चूनावमा हाम्रो पार्टीले आफ्नो चूनावी घोषणा पत्रमा अबैघ निर्माणहरूमाथि कार्यबाही गरिने विषयलाई प्रमुखता दिएको छ। दार्जीलिङ नगरबासीले हाम्रो पार्टीको सोच र भिजनलाई कदर गर्दै दार्जीलिङ नगरपालिकाको चूनावमा बहुमत बोर्ड गठन गर्ने जनादेश दिएको हो। हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गरेपछि चूनावी घोषणा पत्रमा उल्लेख गरिएको एक एक विषयहरूलाई कार्य रूपमा परिणत गर्ने कार्यहरू गर्दै आई रहेका थिए जसमा दार्जीलिङको अबैघ निर्माणहरू पनि सामेल थिए।

दार्जीलिङ नगरपालिका क्षेत्रमा ११.५ उच्चाई भएको धर विल्डिङहरूको निर्माण गरिने प्रवाधान छ तर दार्जीलिङ मा दिन प्रति दिन अबैघ निर्माणहरूको जंगल बडेको बडेकै छ। भू बैज्ञानिकहरूको भनाई अनुसार दार्जीलिङ सेसमिक जोन ४ मा पर्छ। कुनै पनि समय दार्जीलिङमा विनाशकारी भूइचालो आउँन सक्छ,यस्तो स्थितिमा गगन चूम्मी विल्डिङहरू दार्जीलिङबासीको निम्ति भयानक आपत सावित हुन जान्छ। यी सवै विषयहरूलाई ध्यानमा राख्दै साथै राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले दार्जीलिङको अबैघ निर्माणहरू माथि लगाम लगाउँने अपिललाई ध्यानमा राखेर हाम्रो पार्टी बोर्डले अबैघ निर्माणहरू विरूद्व कार्यबाही गरेको हो अध्यक्ष एडवार्डस ले भनेका छन। दार्जीलिङ नगरपालिकाको हाम्रो पार्टीको बोर्डले चलाएको जनहित कार्यहरू कतिपय स्वार्थी मानिसहरूलाई हजम नहुदा रूपियाँ पैसाको बलमा निर्वाचित नगरपार्षदहरूलाई प्रलोभन मा परेर बोर्ड भत्काउँने काम गरेको छ। हामीलाई बोर्ड भत्किाएको कुनै अफसोस छैन, राजनीति पार्टी हो बोर्ड गठन गर्नु र तोडिन सामान्य विषय हो तर उतराखण्ड राज्यको जोशी मठमा अहिले जे जस्तो स्थिति देखा पर्दैछ त्यो अति नै चिन्ताको विषय रहेको छ। जोशी मठको ६ सय भन्दा धेर बासिन्दाहरू आफ्नो धर छोडेर अर्को स्थानमा पालयन हुन बाध्य भएका छन। जोशी मठको जस्तै स्थिति दार्जीलिङमा आए एंव भए यसको दाहित्व कसले लिने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले प्रश्न तेर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement