जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव खै कहाँ पूग्यो: अदीप तामाङ

IMG_20230109_101442.jpg

दार्जीलिङ: ‘जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव कहाँ पूग्यो भन्दै’ मंग्पूको अदीप तामाङले तेर्साए प्रश्न।दार्जीलिङको ऐतिहासिक धरोहर क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेका छन। आयोजित कार्यक्रमलाई सम्बोधन गर्न मंग्प लाब्दा समष्टिको अदीप तामाङले गत केही महिना अधि जीटीए सभामा पारित गरेको गोर्खाल्याण्ड को प्रस्ताव कहाँ पूग्यो भन्दै प्रश्न तेर्साए।प्रस्तावित गोर्खाल्याण्डको मानचित्रभित्र दार्जीलि²ङ पहाड लगायत तराई डुवर्सको क्षेत्रहरूलाई समाबेश गरिएको छ तर विगतका दिनहरूमा गोर्खाल्याण्डको नाममा आन्दोलन गर्ने नेतृत्वहरूले प्रस्तावित गोर्खाल्याण्डको मानचित्रमा रहेका भूभागहरू छोडेको तामाङले बताए। विगतका नेतृत्वहरूले गोर्खाल्याण्डको आवाज दिल्लीको टेबलमा राखी दिएको भए शायद त्यसै समय छुटटै राज्य गोर्खाल्याण्डको गठन भई सकेको हुने थियो होला। गोर्खाल्याण्डको नाममा आन्दोलन गर्ने नेतृत्वहरूले पहाडमा मात्र गोर्खाल्याण्ड गोर्खाल्याण्ड भन्दै चिचाए तर दिल्लीमा गोर्खाल्याण्ड भन्दै भनेन तामाङले बताए। गोर्खा स्वाभिमान संघर्षको कार्यक्रमलाई पहाडको कतिपय नेतृत्वहरूले फस्टेशनको संज्ञा दिने गरेको छ तर यो फस्टेशन कदापी होइन, जन आवाज हो भन्दै जनताको आवाजलाई खेलाइची नसम्झिने अदीप तामाङले सुझाव दिए। गोर्खा स्वाभिमान संघर्षको कार्यक्रम कमिशनको पैसामा भएको होइन मेहनत र परिश्रमको पैसामा गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement