दार्जीलिङ: ‘हाम्रो अनेकताको कारणले गर्दा आजसम्म छुटटै राज्य गोर्खाल्याण्डको गठन हुन नसकेको हो’ यो मनतब्य कूलदीप राईले पोखेको हो। गोर्खा स्वाभिमान संघर्षको कार्यक्रमलाई आत्मासात गर्न पहाडको कुना काप्चाहरूबाट पनि युवा जमातहरू भेला हुन थालेको छन्।मंग्पू लाब्दा समष्टिका कुलदीप राईले पनि आयोजित कार्यक्रमलाई सम्बोधन गरयो। सम्बोधन को क्रममा कुलदीप राईले जीटीएले गोर्खाहरूको समस्या को समाधान गर्न सक्दैन अनि मैले यो कुरा जीटीए सम्झौता हुन अधिदेखि नै भन्दै आएको हो तिनले भने। तिनले अझ भने जबसम्म छुटटै राज्य गोर्खाल्याण्डको गठन हुदैन तबसम्म गोर्खाहरूको दीर्धकालिन समस्या यथावत रहनेछ राईले भने। तपाई हामी सवैले छुटटै राज्य गोर्खाल्याण्डको वकालती गर्छौ तर आजसम्म छुटटै राज्य गोर्खाल्याण्डको गठन हुन नसक्नुको मुख्यकारण हाम्रो अनेकता हो राईले भने। गोर्खाहरूले देशलाई दिनु पर्ने सवै थोक दिन्दै आएको छ। देशको सिमानाहरूमा देशको सुरक्षा गर्दा गर्दै प्राणको आहुति दिएको छ। देशलाई साह्रो गाह्रो पर्दा गोर्खाहरू अग्रिम पन्तीमा रहेको हुन्छ तर कहिले कही देशले गोर्खाहरूको त्याग र बलिदानलाई पनि वास्ता नगरेको जस्तो लाग्छ’ राईले भने।