तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः युनाइटेड दार्जीलिङ सेमिफाइनलमा

photocollage_20231972723537.jpg

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा युनाइटेड दार्जीलिङले सेमिफाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा आइतवार भएको म्याचमा युनाइटेड दार्जीलिङले एकाडमी नाइट्स (गान्तोक, सिक्किम)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एकाडमी नाइट्सबाट आशिष छेत्रीले अनि युनाइटेड दार्जीलिङबाट सत्यम राईले गोल गरे। एकाडमी नाइट्सका गोलकीपर लाक्पा भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। युनाइटेड दार्जीलिङले अब १२ जनवरीमा खेलिने सेमिफाइनलमा दार्जीलिङ पुलिसको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement