गेजिङ: गेजिङ जिल्लाको योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत कोङरी लाब्दाङ ग्राम पञ्चायत यूनिटका कृषकहरूलाई भेंडा वितरण गरियो। गेजिङ जिल्लापाल कार्यालय र पशुपालन, पशु चिकित्सा सेवा विभागको संयुक्त तत्ववाधनमा लाब्दाङमा आयोजित यस कार्यक्रमबीच १९ जना प्रगतिशील कृषकलाई भेडा प्रदान गरिएको हो। विशेष गरेर राज्यमा भेडा पालनको विकास हेतु तीनवाट ग्राम पञ्चायत यूनिट, कर्जी माङनाम, कोङरी लाब्दाङ र धुपीडाँडाका कृषकलाई भेडा प्रदान गरियो। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल हिस्सो डी.योङदा, जिल्ला अध्यक्ष डीएस लिम्बू लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले सबै लाभार्थीहरूलाई बधाई दिँदै सरकारले उपलब्ध गराउँदै आएको यस्ता सुविधाको घरदैलोमा लाभ उठाउन र भेडा पालन र पर्यटन सँगसँगै जाने सम्भावना बताइन्। उनले भेडा पालनको पुरानो परम्परालाई जोगाउन र भेडाको माखो र परम्परागत टोपी र ऊनी कपडालाई राम्रो बजारीकरण गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न होमस्टे शुरु गर्न यस क्षेत्रका युवाहरूलाई प्रोत्साहित गरे। उनले यस क्षेत्रका सबै पञ्चायत र स्थानीय जनप्रतिनिधिलाई तालमेल राखेर भेडा पालनलाई यस क्षेत्रमा सफल बनाउन आग्रह गरे।