वाहन दुर्घटनामा दुईजना घाइते

87077070.jpg

गान्तोक: रिनाकस्थित रोङली फाटकमा वाहन दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका छन्। पुलिसले जानकारी गराए अनुसार उक्त घटना हिजो ११-१२ बजीबीचमा भएको हो। यस घटनामा परि चालक अरूण कुमार प्रधान र उनकी छोरी घाइते भएका छन्। उनीहरू एसके-०७-पी-१७९८ अल्टो वाहनमा आइरहेको समयमा चालकले नियन्त्रण गुमाए पछि वाहन सडकदेखि ५० फुट तल खसेको थियो। यस घटनाको सूचना पाउनसाथ स्थानीयहरूले उद्दार गर्दै उपचारको निम्ति वाहनको प्रवन्ध मिलाएको बताइएको छ। घाइतेद्वयलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेपछि मनिपाल अस्तपालमा रेफर गरिएको र हाल उनीहरूको उपचार चलिरहेको छ। पुलिसले आरोपी चालकविरूद्ध आइपीसीको धारा २७९/३३७ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement