गान्तोकः सिक्किम क्रिकेट एसोसिएशनको चुनाउ निगरानी समितिको देखरेखमा आज ‘मंगन जिल्ला क्रिकेट कमिटीको चुनाउ सम्पन्न भयो। चुनाउमा छ जना पदाधिकारी चयनित भएका छन्।
कमिटीको अध्यक्षको रूपमा केसाङ जिग्मी लेप्चा चयनित भएका छन्। यसै गरी, छेवाङ नर्बु लाचेनपा उपाध्यक्ष, सोनाम निमा भोटिया सचिव, केसाङ लेप्चा संयुक्त सचिव र लाकचुङ लेप्चा कोषाध्यक्ष चयनित भएका छन्। काल्जङ थेन्डुप भोटियालाई जिल्ला समन्वयकको रूपमा चयनित गरिएको छ।