वर्ल्ड बक्सिङ च्याम्पियनशिपबाट नाम फिर्ता लिइन् महिला बक्सर मेरिकमले

1f22ed232be1b8c276f41b5033e89885_original.jpg

नयाँ दिल्ली: महिला बक्सर मेरीकोमले चोटका कारण यो वर्ष हुने महिला विश्व च्याम्पियनशिप नखेल्ने घोषणा गरेकी छन्। उनी ४० वर्ष पुगिसकेकी छिन्।विश्व च्याम्पियनमा कूल आठ पदक जितेकी छिन्। उनले आफु चाँडै निको हुने आशा व्यक्त गरेकी छन्। यो घोषणा उनले पश्चिम बंगालको राजधानी कोलकातामा एक इभेन्टमा गरिन्। आईबीए विश्व च्याम्पियन- २०२३ यो वर्ष ०१ मईदेखि १४ मईसम्म उज्बेकिस्तानको ताशकन्दमा भइरहेको छ। मेरीकोमले भनिन्, ‘म चोटका कारण च्याम्पियनशिपमा भाग लिन पाउने छुइन। यो च्याम्पियनशिपमा भारतले कुनै नयाँ च्याम्पियन पाउन सक्ने आशा छ।’ उनले सबै प्रतिभागीहरूलाई च्याम्पियनशिपको निम्ति शुभकामना दिइन्। मेरीकोमले गत वर्ष बर्मिङ्घम कमनवेल्थ गेम्स पनि खेल्न पाएकी थिइनन्। घुँडामा चोटका कारण उनी चयन ट्रायलबाट पछि हट्नु परेको थियो। ४८ किलोग्राम सेमिफाइनलको प्रारम्भिक चरणमा उनको देब्रो घुँडा बाङ्गिएको थियो। बाउटको पहिलो राउण्डमा उनी क्यानवसमा लडेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement