किनबेचको राजनीति भित्राउँनेहरूलाई जनताले घुडा टेकाउँनेछ।
दार्जीलिङ: दिउसै राँको बोलेर अनिल लोप्चनले खोज्यो गणतन्त्र।दार्जीलिङको क्यापिटल हल मा गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। यसैक्रममा आज गोजमुमो केन्द्रीय बरिष्ठ कार्यकर्ता अनिल लोप्चनले पनि आफ्नो सम्भाषण राख्यो।सम्भाषणको क्रममा गोजमुमो केन्द्रीय कार्यकर्ता अनिल लोप्चनले पहाडमा गणतन्त्रको हनन हुदैछ भन्दै राँको बालेर गणतन्त्र खोज्न थाल्यो। लोप्चनले अधि भने दार्जीलिङ मा गणतन्त्र हरायो त्यसकारण हामी दिउसै राँको बालेर गणतन्त्र खोज्न बाध्य भएका छौ। राजनीतिको पृष्ठ भूमिमा दार्जीलिङ पहाडको छुटटै गरिमा थियो, छुटटै इतिहास रहेको छ तर एक दुई जना ब्यक्तिहरूको कारणले गर्दा दार्जीलिङमा गणतन्त्र हराएको छ। चोर दैलोबाट प्रबेश गर्ने काम गरेको छ, यस्ता ब्यक्तिहरूले दार्जीलिङलाई लथालिङ बनाएको छ,मुद्वालाई लथालि²ङ बनाउँने काम गरेको छ। गोर्खा स्वाभिमान संघर्षले दार्जीलिङमा गणतन्त्र फर्किनु पर्छ, भष्ट्रचार हटटाउँन पर्छ भन्ने दिशामा जो कार्यहरू गर्दैछ। हाम्रो पार्टीको यो पहललाई अति नै शोभानीय रहेको छ,जबसम्म पहाडमा गणतन्त्रको पूनः बाहाली हुदैन, शिक्षा ब्यवस्था राम्रो हुदैन,भष्ट्रचार मुक्त पहाड बन्दैन तबसम्म यो क्रान्तिको प्रतीक मसाल चल्न पर्छ लोप्चनले भन्दै हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँको हातमा जल्दै गरेको राँको सोम्पिए। गोर्खा र गोर्खाल्याण्डको निम्ति कति जेलमा नै छ,कति धर विहिन बनेको छ,कति मज्जासंगले जिउदैछ,तर यहाँ रूपियाँ पैसाको बलमा गणतन्त्रको हनन गर्ने काम गर्दैछ। रितेश पोर्तेल भाइको के गलती थियो,एक दलितले दार्जीलिङ नगरपालिकाको चेयरम्यानको पदभार समालेर दार्जीलिङ शहरलाई राम्रो बनाउँने काम गर्दै थियो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जीलिङमा नेपालको राजनीति परिबेश भित्राउँने काम गर्दैछ लोप्चनले भने। नेपालको राजनीति कल्चरले पहाडलाई पनि राम्रो हुदैन साथै गोर्खालाई पनि राम्रो हुदैन, किनवेचको राजनीति भित्राउँनेहरूलाई जनताले माफ गर्ने छैन, जनताले कस्ता कस्ता नेताहरूलाई घुडा टेकाएर छोडेको इतिहास छ, रूपियाँ पैसाको बलमा आफु मात्र सत्तामा बस्ने लालचा लिएकाहरूलाई जनताले पक्कै घुडा टेकाउने छ लोप्चनले भने।अभिमान राम्रो होइन, अभिमानले कसैलाई पनि फाइदा पूराएको छैन, स्वाभिमान हुन पर्छ। आफ्नो स्वाभिमानलाई बंगालमा बन्दक राखेर पहाडमा मनोपोली गर्ने काम नगर, तिम्रो ब्यवहारदेखि जनता रिसाएको छ भन्दै अनिल लोप्चनले अनित थापालाई सर्तक गराए। सरकारले कम रूपियाँमा शिक्षाको ब्यवस्था मिलाएको छ तर पहाडको सरकारी स्कूलहरूमा स्कूल फिसको नाममा हद भन्दा धेर रूपियाँ पैसा उठाउँने काम गरेको लोप्चनले बताउँदै यस बारे उनले अब न्यायलय जाने घोषणा पनि आफ्नो सम्भाषणमा बताए। बंगालले कहिले पनि गोर्खाहरूको भलो चिताएको छैन अनि बंगालको इशारामा गोर्खाहरूलाई लथालिङ भताबुङ बनाउँने काम गर्दैछ। सिलगढी हामीबाट खोस्ने काम गरी सकेको छ अब पहाडको चिया बगानहरूमा उनीहरूको नजर पर्दैछ। चिया बगानहरूमा १५ प्रतिशत जमीन दिएर होटलहरूको निर्माण गर्ने काम गर्दैछ तर होटल निर्माण गर्नेहरूले पनि सोच्नु पर्छ तिमीले होटल बनाएको जमीन चहि हाम्रो हो,आज नभए भोली यो जमीन हाम्रो नाममा अवश्यै हुनेछ त्यति बेला तिमीले तिम्रो होटल उखालेर लानु पर्छ लोप्चनले भने। हाम्रो मान्छेहरूले चिया बगानहरूमा होम स्टे बनाउँदा नोटिस पठाउँछ पहाडको अवस्था यस्तो छ।गोर्खाको स्वाभिमान बचाउन पहल हुदैछ यो पहलमा हामी सवै एकबद्व हुन पर्छ अनि मात्र हामी हाम्रो लक्ष्यमा पूग्न सक्छौ लोप्चनले भने। पहाड विल्डिङ विल्डिङले भरिन्दै जान्दैछ,अबैघ विल्डिङहरू तोडनलाई नोटिस पठाउँदा रूपियाँ पैसाको बलमा हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाको बोर्डलाई भत्काउँने काम गरयो। अबैघ भनेको अबैघ नै हो। शिक्षा नियुक्तिमा भष्ट्रचार भएको छ। एक गलत शिक्षकको नियुक्तिले गलत विधार्थीहरूको जन्म हुन्छ, पहाडको शिक्षा स्तरलाई बडाउँनु हो भने अबैघ शिक्षक नियुूक्तिको विरोध हुन पर्छ लोप्चनले भने।