पाकिमः दैलोमा प्रशासन कार्यक्रमलाई निरन्तरता दिँदै मुख्यमन्त्री प्रेमसिंह तामाङले आज रोड़ाथाङमा रिनाक निर्वाचन क्षेत्रको ४२ वार्डका जनतासँग भेट गरे। शुरूमा मुख्यमन्त्रीले उपस्थित सबैलाई नयाँ सालको शुभकामना दिँदै सबैको सुस्वास्थ्य, समृद्धि र खुशीको कामना गरे। यस अवसरमा मुख्यमन्त्रीले छुजाचेन निर्वाचन क्षेत्रका ६९ जना बिरामीलाई मुख्यमन्त्री चिकित्सा सहायता चेक वितरण गरे। उनले कार्यक्रम अवधि एक परिवारका एक आवेदकसँग भेट गर्ने कुरा पनि जनाए।
मुख्यमन्त्रीको निर्देश अनुसार शुरूमा वृद्ध-वृद्धा र बिरामीहरूलाई प्राथमिकता दिइएको थिग्नो। मुख्यमन्त्रीलाई भेट्न रिनाक क्षेत्रबाट भारी संख्यामा मानिसहरू एकत्रित भएका थिए। उनीहरूले मुख्यमन्त्री समक्ष आफ्ना समस्याहरू राखे। जनतासँग भेट गर्ने क्रममा मुख्यमन्त्रीले उनीहरूका समस्याहरू ध्यानपूर्वक सुनेर त्यसको समाधानको दिशामा पहल गरेका थिए। यस अवसरमा क्षेत्र विधायक बीके खतिवडा तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।