युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा सिलगढ़ी युनाइटेडले क्वार्टर फाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा आइतवार भएको म्याचमा सिलगढ़ी युनाइटेडले निगाले युथ क्लबलाई ४-०-ले पराजित गऱ्यो। त्यसपछि गोर्खा स्पोर्टिंग क्लब र खोप्रेल एफसी-बीच खेलिएको दोस्रो म्याच चाहिँ २-२-को बराबरीमा समाप्त भयो। त्यसपछि अपर्याप्त प्रकाशले गर्दा टाईब्रेकर गराउन सकिएन। यो म्याच अब पुनः १० जनवरीमा खेलिनेछ। सोमवार खेलिने म्याचमा युनाइटेड बुङकुलुंग र मिरिक भिक्ट्रीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।