पिकनिकबाट फर्किने क्रममा दुई जनाको मृत्यु

vlcsnap-2023-01-08-20h43m12s82.png

सिलगढी: पिकनिकबाट फर्कने क्रममा मोटरसाइकलले नियन्त्रण गुमायो र सडक छेउको रुखमा ठोक्कियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाईते भएका दुबै जनाको उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भयाे। आइतबार राति सिलगढी डिभिजनको बागडोगरा नजिक जंगली बाबा मन्दिर रोडमा भएको घटनापछि क्षेत्रमा शोक छ।

मृत्यु हुनेमा राजु सार्की र रञ्जित रहेका छन्। प्रहरी स्रोतका अनुसार राजु सार्की बागडोग्रा क्षेत्रका र रञ्जित अलिपुरद्वार जिल्लाको हासिमारा क्षेत्रका बासिन्दा रहेको बताइएको छ।स्थानीय श्रोतका अनुसार आइतबार साँझ मोटरसाइकलमा सवार दुई युवाहरु मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किएको। घटनाको जानकारी पाएलगत्तै बागडोगरा थानाको प्रहरी घटनास्थलमा पुगेको र स्थानीयको सहयोगमा दुवै युवकलाई गम्भीर अवस्थामा उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भयाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement