७१६औँ अरनिको स्मृति सभा सम्पन्न

00-Araniko

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा ७१६औँ अरनिको स्मृति सभा शनिबार ७ जनवरीको दिन जुम भर्चुअल सभा हलमा भव्य रुपमा सम्पन्न भयो। विश्वभरि छरिएर बसेका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा १५० भन्दा बढी सहभागीहरू जोडिएका थिए। नेपाल, भारत, इंग्ल्याण्ड, अमेरिका, ताइवान लगायत देशका विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति, प्राध्यापकहरू मात्रै तीसभन्दा बढीको भर्चुअल उपस्थिति रहेको थियो। नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, गैर आवासीय नेपाली संघ भाषा साहित्य विभाग प्रमुख हिक्मत थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारी, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष गणेश राई लगायत विभिन्न साहित्यिक संघसंस्थाहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा पद्मश्री लीलबहादुर क्षेत्री, पूर्व महामहिम राजदूत भीम उदास, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशी, महावाणिज्यदूत नवराज पोखरेल, विदेश विशेषज्ञ चेतनाथ आचार्य, नेपाली भाषाका ज्ञाता जापानी नागरिक विद्वान् व्यक्तित्व हारुहितो नोजु, युनेस्कोका सहजकर्ता डा सोमबहादुर धिमाल, प्राज्ञ कविता आले, अरनिकोका अनुसन्धाता गणेश जिसी, वेष्टर्न मिशिगन युनिभर्सिटी अमेरिकाका प्रा डा महेन्द्र लावती, अक्सफोर्ड विश्वविद्यालय बेलायतका डा कृष्ण अधिकारी, काशी हिन्दू विश्वविद्यालय बनारसका प्रा डा दिवाकर प्रधान, सिक्किम विश्वविद्यालय सिक्किमका डा देवचन्द्र सुब्बा, पेदोङ् गभर्मेन्ट कलेज कालिम्पोङका प्राध्यापक नवीन पौड्याल, समाजसेवी रत्नबज्र लामा, वरिष्ठ विद्धान प्रा डा बद्रीविशाल पोखरेल आदिले आआफ्नो मन्तव्य राखेका थिए। त्यसैगरी संखुवासभाबाट ताराबहादुर बुढाथोकी, अमेरिकाबाट डा मधु माधुर्य, काठमाडौँबाट श्री देवेन्द्र के.सी, अमेरिकाबाट गोवर्धन पूजा, बिरगञ्जबाट गीता भण्डारी, दाङबाट प्रा डा भीम खतिवडा आदिले सिर्जना वाचन गरेका थिए।

महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट सञ्चालन गरेका थिए भने रसियाबाट केन्द्रीय सचिव डा मनमूर्ती भुर्तेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अरनिको सम्बन्धी धेरै महत्वपूर्ण कुराहरू प्रस्तुत भएका थिए। वैश्विक रुपमा पच्चिसभन्दा बढी देशहरूबाट विशिष्ट विद्वानहरू जोडिएर अरनिको सम्बन्धी गरिएको यो नै सबैभन्दा भव्य कार्यक्रम हो भन्दै दशकौंदेखि अरनिकोमाथि अनुसन्धान गरिरहेका बौद्धिक व्यक्तिहरूले कार्यक्रमको प्रसंसा पनि गरेका थिए।

About Author

Advertisement