दार्जीलिङ: ‘बङ्गालसँग मिलेर काम गर्दैछु भन्ने अनित थापाले बिजुलीको बिल माफ गर्न किन सकेनन्?’ भन्दै अमृत प्रधानले प्रश्न तेर्साए। दार्जीलिङको क्यापिटल हल परिसरमा गोर्खा स्वाभिमान संघर्षले केही दिनदेखि कार्यक्रम आयोजना गर्दै आइरहेको छ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमृत प्रधानले भने, ‘आज हामी यहाँ गोर्खाको स्वाभिमान बचाउन पर्छ भन्ने सोच लिएर आएका हौँl हामी गोर्खाहरू धेरै वर्षदेखि थिचिन्दै मिचिन्दै आएका छौं। जातीय उन्मुक्तिको संघर्षमा हामी जातीय उन्मुक्तिको चाहाना लिएर संघर्षमा होमिएका थियौंl अनि आज पनि हामी जातीय उन्मुक्तिको संघर्षमा संघर्षरत् छौंl’ उनले भने, ‘हामीले जसको नेतृत्वमा संघर्ष गरेका थियौं, तर आज उनीहरूले नै गोर्खा जातिलाई लथालिङ्ग बनाउने काम गरेको छl सन् २०१७ मा भएको गोर्खाल्याण्ड आन्दोलनको चित्कारहरू आज पनि मेरो कानमा गुन्जिन्छl हाम्रो पनि छुटटै राज्य गोर्खाल्याण्ड हुन्छ भन्ने सोच लिएर आन्दोलनमा ओर्लिएका जाति प्रेमीहरूले आफ्नो प्राणको आहुति दिएका थिएl २०१७ को गोर्खाल्याण्डको आन्दोलनलाई तताउने अनि आन्दोलनमा होमिन लगाउने अनित थापाहरू नै थिएl तपाईहरूको निर्देशमा हामी आन्दोलनमा ओर्लिएका थियौंl त्यो आन्दोलनलाई तोडने काम अनित थापाहरूले नै गरेका थिएl’