मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) च्याम्पियन भयो। आइतवार मिलनमोड़ खेल मैदानमा भएको फाइनल म्याचमा डीएसए-ले दार्जीलिङ पुलिसलाई सडन डेथमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा मुख्य अतिथिको रूपमा सांसद राजु बिष्ट उपस्थित थिए।
व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द टुर्नामेण्टः आशिष देवान (दार्जीलिङ पुलिस)
प्लेयर अव् द म्याचः सुजीत सिंह (डीएसए)
बेस्ट डिफेण्डरः जयशंकर साहा (डीएसए)
हाईएस्ट स्कोररः हेमराज भुजेल (डीएसए)
बेस्ट गोलकीपरः योगेश लामा (डीएसए)
बेस्ट एमर्जिंग प्लेयरः राजा छेत्री (यूकेएफसी)
फेयर प्ले ट्रफीः आमुक्त परिवार (Amukta Parivar)