खरसाङ खण्ड अन्तर्गत पर्ने ग्राम पञ्चायत स्तरीय फुटबल टुर्नामेन्ट शुरु

IMG-20230108-WA0295.jpg

खरसाङ: खरसाङ देवराली समष्टिको तीन माईल बस्तीका ग्राम सुधार समिति अनि नव दिप संघ तीन माईलकाे तत्वधानमा खरसाङ खण्ड अन्तर्गत चौध टवटा ग्राम पञ्चायतहरूलाई लिएर अन्तर पञ्चायत विस्टर फुटबल टुर्नामेन्ट शुरु भएको छ। जीटीए मुख्य कार्यपाल अनित थापाको सहयोगमा सम्पन्न यस लातेभकुण्डो प्रतियोगितामा जम्मा ४२ वटा टिमहरूले भाग लिएका छन्। आज खेलकाे पहिलो दिनकाे समारोहमा मुख्य अथितिको रूपमा खरसाङ शहर चिम्नी देवराली समष्टिकाे सभासद श्याम शेर्पा उपस्थित थिए साथै विशिष्टि अथितिमा तीन माईल ग्राम सुधार समितिका सभापति जेबी छेत्री, २८ नम्बर समष्टि नारी शक्तिको अध्यक्षा सुष्मा मुखिया, चिम्नी देवराली ग्राम पञ्चायतकाे सचिव देवदत्त प्रधान, पञ्चायत क्षेत्रकाे विभिन्न समाजकाे पदाधिकारीगणकाे उपस्थितिमा खेलकाे शुभारम्भ भयो भने प्रथम खेल सन्तमेरिस र दिलाराममाझ खेल भएको थियो। यस खेलमा पेनल्टीमा सन्त मेरिसले विजय हाँसिल गरेका थिए। यस खेलबारे आयोजक समितिकाे पक्षबाट पेम्बा तामाङले जानकारी गराउँदै यो खेलकाे आयोजना पञ्चायत क्षेत्रकाे खिलाडीहरुलाई प्रोत्साहन प्रदान गर्नु आयोजना गरिएको हाे। खरसाङ खण्डबाट ४२ वटा टिमहरूले भाग लिएका छन् अनि हामीले विजेता लाई ७० हजारसहित ट्रफि अनि उपविजेतालाई ३० हजारसहित ट्रफी प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement