शैक्षणिक कार्यक्रम सम्पन्न

be64ad54-74e0-45a1-b6a8-f1eab2081d5e

बीरपाड़ाः लङ्कापाड़ा चियाबारी सुकुन्टी लाईनका सा-साना बाल-बालिकाहरूको कोमल हृदयमा पढ़ाई-लेखाईप्रति प्रेम र सद्भावना अझ बढे़र जाओस र नियमित रूपले पाठशाला आई विद्या-ज्ञान, अनुशासन र शिष्टाचार अर्जन गरि समाज परिवर्तनमा व्यापक योगदान प्रदान गर्न सकोस भन्ने उद्देश्यले आज लङ्कापाड़ा चियाबारी सुकुन्टी लाईन नेपाली प्राथमिक पाठशाला परिसरमा स्वराज सोसाइटीको जमर्कोमा अति नै महत्त्वपूर्ण शैक्षणिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको मञ्चबाट सुकुन्टी लाईन नेपाली प्राथमिक पाठशाला, शान्ति क्लब नेपाली प्राथमिक पाठशाला लगायत निजी विद्यालयहरूमा अध्ययनरत लगभग ६५ जना बाल-बालिकाहरूमा पठन-पाठन सामग्री पेन्सिल, रबर,सार्पनर, कार्ड बोर्ड र ज्यामिति वितरण गरियो। उक्त शैक्षणिक कार्यक्रमको मुख्य अतिथिवर्गमा पाठशालाका सहशिक्षक सागर सुब्बा, समाजसेवी प्रदीप थापा, बुद्ध ब्लोन, प्रभात ब्लोन, शिक्षिका बैशाली थापा उपस्थित रहेका थिए।

सहशिक्षक सागर सुब्बाले स्वराज सोसाइटीका प्रत्येक कार्यनीतिहरूलाई सराहनीयको पात्र बताउँदै जम्मै सदस्यगणमा धन्यवाद टक्राए र भविष्यमा यसरी नै अझ बाल-बालिकाहरूमा प्रोत्साहन भर्ने कार्यहरूको पनि आशा व्यक्त गरे। कार्यक्रमको अन्तमा स्वराज सोसाइटीका अग्रज सदस्य अशोक प्रधानले कार्यक्रम अति नै शैक्षणिक, सफल र प्रभावशाली बनेकोमा सबैलाई बधाई दिँदै उपस्थित रहेका समस्त अतिथिवर्ग, अभिभावकवर्ग, बाल-बालिकाहरूमा धन्यवाद ज्ञापनका साथ कार्यक्रम अन्तको घोषणा गरे।

About Author

Advertisement