सिलगढी: सिलगढीको शिव मन्दिर क्षेत्रमा चितुवा देखिएपछि उक्त क्षेत्रमा हलचल मच्चिएको छ। स्थानीयवासीबाट प्राप्त जानकारीअनुसार आइतबार दिउँसो लगभग २ बजे सोही क्षेत्रमा चितुवा दौडिरहेको देखिएको थियो। त्यसयता सो क्षेत्रमा त्रासको वातावरण छ। घटनाको जानकारी वन विभागलाई दिइएको छ। खबर पाएलगत्तै बागडोग्रा रेन्जका वनकर्मी घटनास्थल पुगेर क्षेत्रलाई घेरा हालेका थिए। सोही जानकारी पाएलगत्तै माटिगरा प्रहरी चौकीका प्रहरी पनि घटनास्थल पुगेका थिए।