दार्जीलिङः गोरामुमोद्वारा आज केन्द्रीय कार्यलय दार्जीलिङमा गोर्खा क्यालेण्डरको बिमोचन गरिएका छन्। गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङको अध्यक्षतामा बिमोचन कार्यक्रममा एचपीडब्ल्यु महासचिव एस के लामा सचिव धिरज राई, केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति कार्यालय सचिव अमर तामाङ, गोरानासं केन्द्रीय समिति सदस्य फम्पा लामा, खरसाङ ब्राञ्च कमिटी प्रचारप्रसार सचिव भुपेन गुरुङ, गोरामुमो जनचेतना संघर्ष समितिका उपाध्यक्ष देवराज तामाङ, गोराबिमो केन्द्रीय समिति कार्यालय सचिव शिशिर राई, प्रवेश राई, दिपक छेत्री, डाम्डु भोटियाको बाहुलीबाट गोर्खा क्यालेण्डर बिमोचन गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। कार्यक्रमपछि केन्द्रीय समिति प्रवक्ता वाई लामाले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भने,गोर्खा राष्ट्रिय युवा मोर्चाद्वारा आज गोर्खा क्यालेण्डरमा एकपट्टि संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बिर एउटा नयाँ आशा अर्कोपट्टि अध्यक्ष मन घिसिङको तस्बिर एउटा नयाँ उर्जाको रुपमा क्यालेण्डर छापिएका छन्। यो एउटा क्यालेण्डर मात्र नभएर हामी गोर्खाहरू धेरै समयदेखि थिचोमिचोमा परेको हुनाले अब यो क्यालेण्डर अब एउटा नयाँ आशाको किरण पनि हुन् भनी वाई लामाले सङ्केत समेत दिएका छन्।

उनले थप जानकारी गराउदै भने, अध्यक्ष मन घिसिङ जाति र माटोको उन्मुक्तिको निम्ति लागि परेका छन् लगातार केन्द्र सरकारसँग सम्पर्कमा छन् । सुर्ताउनु पर्दैन भर्खरै मात्र सांसद राजु बिष्ट दार्जीलिङ भ्रमण गरेर शुभ सङ्केत पनि दिएका छन् । अध्यक्ष मन घिसिङ, सांसद राजु बिष्ट , बिधायक निरज जिम्बा सबै लागि परेका छन् चाँडैनै तपाईं हाम्रो सपना साकार हुनेछन् भनी वाई लामाले आफ्नो बिज्ञप्तिमा जनाएका छन्।