१७ को आन्दोलन तताउँने अनित थापाहरू नै हुन अनि आन्दोलनलाई लथालिङ बनाउँने पनि उनीहरू नै हुन: अमृत प्रधान

MMMM


दार्जीलिङ: बंगालसँग मिलेर काम गर्दैछु भन्ने अनित थापाले विजुलीको वील माफ गर्न किन सकेनन् भन्दै अमृत प्रधानले प्रश्न तेर्साए।दार्जीलिङ शहरको क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अधिदेखि धाराबाहिक रूपमा कार्यक्रम हरूको आयोजना गर्दै आईरहेको छ।आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमृत प्रधानले आज हामी यहाँ गोर्खाको स्वाभिमान बचाउँन पर्छ भन्ने सोच लिएर आएका हौँ। हामी गोर्खाहरू धेरै बर्षदेखि थिचिन्दै मिचिन्दै आएका छौँ। जातीय उन्मुक्तिको संघर्षमा हामी जातीय उन्मुक्तिको चाहाना लिएर संघर्षमा होमिएका थियौँ अनि आज पनि हामी जातीय उन्मुक्तिको संघर्ष मा संघर्षरत छौँ तिनले भने।प्रधानले अझ भने हामीले जसको नेतृत्वमा संघर्ष गरेका थियौँ तर आज उनीहरूले नै गोर्खा जातिलाई लथालिङ बनाउँने काम गरेको छ अनि यी द्वश्यहरू देख्दा मेरो चित्त दुखेर आउँछ। २०१७ मा भएको गोर्खाल्याण्ड आन्दोलनको चित्कारहरू आज पनि मेरो कानमा गुन्जन्छ। हाम्रो पनि छुटटै राज्य गोर्खाल्याण्ड हुन्छ भन्ने सोच लिएर आन्दोलनमा ओर्लिएका जाति प्रेमीहरूले आफ्नो प्राणको आहुति दिएका थिए, हाम्रो धेरै छोरा छोरीहरू टुहुरा,टुहुरी भएका थिए,त्यो आहुति, त्यो त्याग जीटीएको लागि दिएका थिएनन प्रधानले भने। २०१७ को गोर्खाल्याण्डको आन्दोलनलाई तताउँने अनि आन्दोलनमा होमिन लगाउँने अनित थापाहरू नै थिए, तपाईहरूको निर्देशमा हामी आन्दोलनमा ओर्लिएका थियौ, त्यस समय हामीले हाम्रो प्राणको वास्ता नगरी आन्दोलनमा होमिएका थियौ, धर परिवारलाई छोडेर भोक भोकै आन्दोलनमा ओर्लिएका थियौ तर त्यो आन्दोलनलाई तोडने काम अनित थापाहरूले नै गरेको थियो प्रधानले भने। अनित थापाहरूको यस्तो घृणित कार्य र सोच देख्दा मेरो मन भित्रबाट दुखेर आउँछ प्रधानले भने।आन्दोलनमा शहीद भएका ती वीर शहीदहरूको मूल्याकंन जीटीएले गर्न कदापी सक्दैन हामी भन्दै आएका थियौ तर अनित थापाहरूले हामी सरकारसँग मिलेर काम गर्छौ भनेका थिए अनि आज पनि भन्दै आईरहेको छ। अनित थापाको सरकारसँग मिलेर काम गर्ने योजनालाई हामी स्वीकार छौँ,मिलेर काम गर्नोस तर राज्य सरकारसँग मिलेर काम गर्दै आएको हुँदा हुँदै पनि गोर्खाहरूले धेरै प्रकारको समस्याहरू भोग्न परिरहेको छ,जीटीए सभाको चूनावपछि यता जीटीए सभामा बोर्ड गठन भएपछि विजुली बतीको वील हामीले पच्चास प्रतिशत छुट गरी थियौँ भनेर अनित थापाहरूले ढोल पिटे तर पच्चास प्रतिशत विजूलीको वील पहाडमा मात्र होइन राज्यभरी नै लागु गरिएको हो। यदि अनित थापाहरू पहाडप्रति इमान्दार छन भने पच्चास प्रतिशत होइन सय प्रतिशत विजुलीको वील माफी गर्न सक्नु पर्ने थियो।जीटीए सम्झौतामा आन्दोलनकालको विजुलीको वील लगायत आन्दोलनको कालको मामलाहरू माफी गर्ने उल्लेख गरिएको छ प्रधानले भने। पहाडको धेरैवटा चिया बगानहरू बन्द भएको थियो,श्रमिकहरूको अहिले के खाउँ भरै के खाउँ भन्ने अवस्था भएको थियो तर त्यस्तो अवस्था पनि विजुलीको वील जबर्जस्ती तिर्न लगाए प्रधानले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement