अमेरिकाले आफूलाई हानी पुर्याउने क्युबाका जासुसलाई रिहा गर्यो

00-Ana-Montes-Cuban-Intellegence

अमेरिकाले क्युबाका जासुस एना मोटेन्सलाई २० वर्षभन्दा बढी जेलमा बिताएपछि रिहा गरेको छ। एनालाई अमेरिकाले पक्रिएकामध्ये शीतयुद्धको उत्कृष्ट जासुस मानिन्छ। ६५ वर्षीया एना मोन्टेसले करिब दुई दशकदेखि क्युवाका लागि जासुसी गरेकी छिन्। उनले अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा काम गरिन्। सन् २००१ मा उनको पक्राउ  पछि, अधिकारीहरूले भने, ‘एनाले अमेरिकाको सम्पूर्ण खुफिया कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरिसकेकी थिइन्l’ एक अधिकारीले भने, ‘उनी ‘सबैभन्दा हानिकारक जासूस मध्ये एक’ थिइन्।

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको नेतृत्वमा काउन्टर इन्टेलिजेन्सका प्रमुख मिशेल भान क्लीभले सन् २०१२ मा कंग्रेसलाई भनेकी थिइन्, ‘एना मोन्टेसले क्युबाको बारेमा अमेरिकालाई थाहा भएका र अमेरिकाले क्युबामा कसरी अपरेशन सञ्चालन गरिरहेको छ भन्ने सबै कुरा ह्याक गरेकी थिइन्l’ एनाको पक्राउ पछि उनलाई चार अमेरिकी जासुसको पहिचान खुलाएको र गोप्य जानकारी दिएको आरोप लगाइएको थियो। उनलाई २५ वर्षको जेल सजाय सुनाइयो र न्यायाधीशले पूरै देशलाई खतरामा पारेको आरोप लगाए।

About Author

Advertisement