मोहितनगर साना चिया उत्पादक संघका सदस्यद्वारा रक्तदान

IMG-20230108-WA0170.jpg

जलपाईगुडी: साना चिया उत्पादक संघको पाँचौं वार्षिक साधारण सभा आइतबार जलपाईगुडीको मोहितनगर महन्त पाडा नेताजी प्राथमिक विद्यालयको प्रांगणमा उद्यमीहरूद्वारा रक्तदान शिविरको माध्यमबाट आयोजित गरियाे। रक्तदानका लागि महिला तथा पुरुष लगायत स्थानीय बासिन्दाहरु अगाडि आएका थिए। यो रक्तदान शिविर जलपाईगुडी मेडिकल कलेज सरकारी अस्पतालमा डाक्टर र ब्लड बैंकका कर्मचारीहरूको उपस्थितिमा आयोजित गरिएको थियो। यस बार्षिक साधारण सभामा व्यवसायीहरुको तर्फबाट मोहितनगर साना चिया उत्पादक संघका सचिव विश्वजित महन्तले कच्चा चियाको पातको समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गरेको बताए। चियाको उत्पादन अनुसार उचित मूल्य नपाएको पनि व्यवसायीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement