सूर्या र त्रिपाठीको प्रशंसा गरे कप्तान पाण्ड्याले

IMG-20230108-WA0120.jpg

सूर्यकुमार यादवले ५१ बलमा बनाएको अविजित ११२ रनको सहायताले भारतले श्रीलंका विरुद्ध ९१ रनले जीत हासिल गऱ्यो अनि म्याचपछि कप्तान हार्दिक पाण्ड्याले यस शतकीय ईनिंग्सको भरपूर प्रशंसा गरे। शनिवार राति सौराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा खेलिएको तेस्रो तथा निर्णायक टी२० म्याचमा ९१ रनले जीतको साथ भारतले तीनवटा म्याचको सीरीज पनि २-१-ले झोलीमा हाल्यो। म्याचपछि हार्दिकले सूर्यकुमार यादवबारे भने, उनले सबैलाई आश्चर्यचकित गरिरहेका थिए। यसको साथमा पीच ब्याटिंगको निम्ति सजिलो रहेको पनि सबैलाई बताइरहेका थिए। एकजना बलरको रूपमा म पनि उनले खेल्ने शट्हरूले निराश बन्नेछु। उनले एकपछि अर्को अद्भूत शटहरू खेलिरहेका थिए। आफ्नो केवल दोस्रो अन्तर्राष्ट्रिय म्याच खेलिरहेका राहुल त्रिपाठीले पनि केवल १६ बलमा ५ वटा चौका र २ वटा छक्काको साथ ३५ रनको तेज ईनिंग्स खेले। यसले गर्दा भारतलाई २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बटुल्नमा सहायता पुग्यो। पाण्ड्याले राहुल त्रिपाठीको पनि प्रशंसा गरे, जसले बललाई असल तरिकाले हिट गरिरहेका थिए। भारतीय कप्तानले भने, उनले असल शट्हरू खेलिरहेका थिए। उनले नीडर भएर ब्याटिंग गरे। यसले गर्दा पावरप्ले-मा हाम्रो रन रेट सटीक रह्यो। यसबाहेक सूर्यकुमारलाई त धेर केही भनिरहनु पर्दैन। उनी क्रीजमा गएपछि परिस्थिति अनुसार आफ्नो शट् खेल्न थाल्छन्।
पूरा सीरीजमा ब्याट र बलको साथ असाधारण प्रदर्शन गर्दै भारतीय अलराउण्डर अक्षर पटेलले प्लेयर अव् द सीरीजको पुरस्कार जिते। उनले दोस्रो टी२०-मा अर्द्धशतक बनाएका थिए भने तेस्रो म्याचमा पनि ९ बलमा २१ रन बनाए। यसको साथमा अक्षरले कुसल मेण्डिसको विकेट पनि हासिल गरे।

हार्दिकले भने, अक्षरमाथि गर्व छ। यस सीरीजबाट उनले पर्याप्त आत्मविश्वास हासिल गरेका छन्। यो टीमको निम्ति महत्त्वपूर्ण कुरा हो। म्याचको कुरा गर्दा, भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बटुल्यो। सूर्यकुमार बाहेक ओपनर शुभमन गिलले ४६, राहुल त्रिपाठीले ३५ र अक्षरले २१ रन बनाए। जवाफमा श्रीलंकाको टीम १६.४ ओभरमा १३७ रन बनाएर अलआउट भयो। कुसल मेण्डिस र कप्तान दासुन शनाकाले २३-२३ रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिए। यसबाहेक हार्दिक पाण्ड्या, उमरान मलिक र युजवेन्द्र चहलले २-२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement