खरसाङ: पर्यावरण संरक्षणलाई प्रम्मुखता दिँदै सिपाहीधुरा स्थित गैर सरकारी संस्था लेट्स गो फाउन्डेसनले प्रयोग गरिसकेपछि जतासुकै फोहोरको रुपमा फालिने प्लास्टिकलाई पुन: प्रयोगमा ल्याउने कार्य गरिरहेको छl यसका साथै यस फाउन्डेसनले फोहोरमैलालाई विशेष प्रबन्धन वातावरणलाई स्वच्छ राख्ने आहवान गर्दै जनजागरणको कार्य निरन्तर गर्दै आइरहेको छl जोशिला युवाहरूले संचालन गर्दै आइरहेको यस फाउन्डेसनलाई अझ बढी हौसला प्रदान गर्न जीटीएको सूचना अनि सांस्कृतिक विभाग र सिञ्चाई विभागका कार्यकारी सभासद अनोश थापा उर्जा बनेर अघि आएका छन्l

लेट्स गो फाउन्डेसनलाई सभासद अनोश थापाले आवश्यक सामग्रीहरूका लागि आर्थिक सहयोग गरेर थप उर्जा भरिदिएका छन्l शनिबार (७ जनवरी २०२३) लेट्स गो फाउण्डेसनको कार्यलयमा उनीप्रति आभार प्रकट गर्न धन्यवाद ज्ञापनको लागि विशेष कार्यक्रम आयोजना गरेको थियो। यस क्रममा सभासद अनोश थापालाई मुख्य अतिथिको रुपमा निम्त्याइएको थियोl यस अवधिमा उनले लेट्स गो फाउन्डेसनका कार्यकर्ताहरूले उनलाई फाउन्डेसनले गर्दै आइरहेको कार्यहरू बारेमा जानकारी दिएl आउँदो दिनमा पनि उनले सहयोग गर्ने वचन दिएका छन्l सो कार्यक्रममा फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। मिरिकबाट शुरु भएको लेट्स गो फाउन्डेसनले यस पहाडी भेकमा पर्यावरण संरक्षणको लागि विभिन्न किसिमले सर्वसाधारण माझमा जनजागरण अभियान चलाउँदै आइरहेको छl
