अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको फालाकाता मिल रोड क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको छ। आगलागीको वास्तविक कारण पत्ता लागेको छैन। भीषण आगलागीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ। आगो अझै नियन्त्रणमा नआएपनि चारवटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ भने प्रहरी घटनास्थलमा पुगेका छन्। कारखानामा ज्वलनशील पदार्थका कारण आगो तिब्र गतिमा फैलिन लागेको छ।










